PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

अनेरास्ववियूले जलायो प्रधानमन्त्रीको पुतला, स्थानीय तहको निर्वाचन समयमा नै हुनुपर्ने माग

अनेरास्ववियूले जलायो प्रधानमन्त्रीको पुतला, स्थानीय तहको निर्वाचन समयमा नै हुनुपर्ने माग

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : स्थानीय तहको निर्वाचन समयमा हुनुपर्ने माग गर्दै आज विद्यार्थी संगठनले राजधानीमा प्रदर्शन गरेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठनल अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले काठमाडौंका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेको हो।

यसैक्रममा अनेरास्ववियूले प्रदर्शनमार्गमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरेको छ। उनीहरुले सरकार र गठबन्धन निर्वाचनको पक्षमा नरहेको भन्दै समयमा निर्वाचन हुने सुनिश्चित गर्न सरकारसँग माग गरेका थिए।

प्रधानमन्त्रीको पुतला जलाउने क्रममा प्रहरी र प्रदर्शनकारी विद्यार्थीबिच धक्कामुक्की समेत भएको थियो। विद्यार्थी संगठनहरुले निर्वाचन सुनिश्चित नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell