PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

निर्वाचन आयोगको प्रतिवेदन बुझ्दै राष्ट्रपतिले भनिन् : निर्वाचनको लागि मनोवैज्ञानिक र भौतिक रुपमा तयार रहनु



पहिलोपोस्ट

निर्वाचन आयोगको प्रतिवेदन बुझ्दै राष्ट्रपतिले भनिन् : निर्वाचनको लागि मनोवैज्ञानिक र भौतिक रुपमा तयार रहनु

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि संविधान तथा प्रचलित कानुनमा तोकिएको समय सीमाभित्र नै सबै निर्वाचन सम्पन्न गर्न जरुरी रहेको बताएकी छिन्।

निर्वाचन आयोगले प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन ग्रहण गर्दै उनले निर्वाचनको लागि तयार रहन आयोगलाई निर्देशन समेत दिएकी छिन्।

निर्वाचनको माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत एवम् सुदृढीकरण गर्न निर्वाचनमा बढीभन्दा बढी मतदाताहरूको सहभागिता गर्ने/गराउनेतर्फ कार्य गर्न निर्वाचन आयोगलाई सुझाव दिनुभएको छ ।

आवधिक तथा अन्य निर्वाचनका लागि आयोग मनोवैज्ञानिक तथा भौतिक रुपमा तयारी अवस्थामा रहनुपर्नेमा उनले जोड दिएकी छिन्। उनले निर्वाचन व्यवस्थापनसम्बन्धी सबै पक्ष सकारात्मक रहेको उल्लेख समेत गरेकी छिन्। भण्डारीले निर्वाचन प्रणालीलाई लैङ्गिक मैत्री बनाउन र सबै मतदाताको मताधिकार सुनिश्चित गर्न तथा मतदानस्थल एवं केन्द्र मतदाता मैत्री बनाउन आयोगको ध्यानाकर्षण समेत गराएकी छिन्।

राष्ट्रपति भण्डारीले स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, मितव्ययी र भयरहित निर्वाचनका लागि गम्भीरता र दृढतापूर्वक कार्य गर्न आयोग सक्षम हुने विश्वास व्यक्त गरेको निर्वाचन आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

नेपालको संविधानको धारा, २९४ बमोजिम निर्वाचन आयोग, नेपालले विसं २०७७ साउन १ गतेदेखि २०७८ साल असार मसान्तसम्म सम्पादन गरेका काम कारबाहीको पन्धौँ वार्षिक प्रतिवेदन राष्ट्रपति भण्डारीसमक्ष पेस गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell