PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

वाग्मती प्रदेश सरकारको निर्णय : सामुदायिक विद्यालयमा पढ्ने छात्रालाई स्नातकोत्तरसम्म नि:शुल्क पढाउने



पहिलोपोस्ट

वाग्मती प्रदेश सरकारको निर्णय : सामुदायिक विद्यालयमा पढ्ने छात्रालाई स्नातकोत्तरसम्म नि:शुल्क पढाउने

हेटौंडा : वाग्मती प्रदेश सरकारले स्वदेश तथा विदेशका निजी क्षेत्रसँगको सहकार्यमा विभिन्न स्थानमा तीनवटा रसायनिक मल कारखाना स्थापना गर्ने भएको छ।

थाइल्याण्डको एक कम्पनीसँग सहकार्य गरेर रसायनिक मल कारखान खोल्ने प्रक्रिय अगाडि बढाउने निर्णय सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले गरेको छ।

प्रदेश सरकारका प्रवक्ता साथै आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण खनालले सधैँ मलको हाहाकार हुने गरेको भन्दै कारखाना स्थापना गर्न आवश्यक रहेको बताए।

‘मलकै कारण सरकार बदनाम हुने भएकोले मल कारखाना खोल्ने निर्णय भयो’ उनले भने।

मन्त्री खनालले मल कारखाना कहाँ कसरी स्थापना गर्ने भन्ने विषयमा प्रदेश सरकारले विज्ञको टोलीसँग छलफल गर्ने पनि बताए। 

मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकार मातहतको कर्मचारीको यकिन विवरण राख्न प्रदेश किताब खाना समेत स्थापना गर्ने निर्णय समेत गरेको छ।

यस्तै, पहुँचका आधारमा बहुवर्षीय योजनासम्बन्धी निर्णय हुने प्रवृत्ति रोक्न स्रोतको सुनिश्चितता, योजनाको आवश्यकता र औचित्य पुष्टि गर्ने गरी बहुवर्षीय योजना मापदण्ड पारित गरिएको प्रवक्ता खनालले बताए।

यस्तै, दलित ,अल्पसंख्यक र लोपान्मुख छात्रालाई प्राविधिक शिक्षा पढाएर रोजगारी दिने र सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई स्नातकोत्तरसम्म पढाउने कार्यविधि प्रदेश सरकारले पारित गरेको छ। 

चेपाङ समुदायको न्वागी पर्व र विभिन्न जातीय समुहले मनाउने ल्होछार पर्वको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय पनि सरकारले गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell