PahiloPost

Apr 5, 2026 | २२ चैत्र २०८२

काठमाडौंमा ३२ हजार सक्रिय कोरोना संक्रमित, ललितपुर र भक्तपुरमा कति छन् ?



पहिलोपोस्ट

काठमाडौंमा ३२ हजार सक्रिय कोरोना संक्रमित, ललितपुर र भक्तपुरमा कति छन् ?

काठमाडौं : कोरोना भाइरसको ओमोक्रन भेरियन्ट फैलिएसँगै काठमाडौं उपत्यकामा दैनिक हजारौंको संख्यामा संक्रमित थपिँदैछन्। संक्रमण थप फैलिनबाट रोक्न काठमाडौं, भक्तपुर र ललितपुरको जिल्ला प्रशासन कार्यालयले विभिन्न प्रतिबन्धहरु लगाएको छ। यद्यपि, सार्वजनिक यातायातदेखि बजारमा भिड भने कायमै छ।

मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा थपिएका ५ हजार २९२ कोरोना संक्रमित मध्ये ३२.५३ प्रतिशत संक्रमित काठमाडौं उपत्यकामा पहिचान भएका हुन्। काठमाडौंमा १ हजार ३६१ जना, ललिपुरमा २७१ जना र भक्तपुरमा ९० जनामा संक्रमण गरि सोमवार उपत्यकामा १ हजार ७२२ जना संक्रमित थपिए।

हाल देशभर ७९ हजार २७२ जना सक्रिय कोरोना संक्रमित छन्। ती मध्ये ५९.८० प्रतिशत सक्रिय संक्रमित काठमाडौं उपत्यकामा नै छन्।

मन्त्रालयका अनुसार माघ १७ गतेसम्म उपत्यकामा ४७ हजार ४०७ जना सक्रिय कोरोना संक्रमित छन्। ती मध्ये काठमाडौंमा ३२ हजार १७ जना सक्रिय संक्रमित छन्। यस्तै, ललितपुरमा ९ हजार ९०७ जना र भक्तपुरमा ५ हजार ४८६ जना सक्रिय संक्रमित छन्।

पुस महिनाको अन्तिम सातादेखि उकालो लागेको कोरोना भाइरसको संक्रमण दर माघको पहिलो र दोस्रो साता अझै बढेको थियो। विगत केही दिन देखि भने उपत्यकामा दैनिक कोरोना संक्रमितको संख्या फेरि घट्न थालेको छ। संक्रमण तीव्र रुपमा फैलिएपनि परीक्षण कम हुँदा र घरमा नै एन्टीजेन परीक्षण गराएको विवरण नहुँदा संक्रमितको संख्या घट्दै गएको बताइन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell