PahiloPost

Jun 24, 2026 | १० असार २०८३

म्हपूजाको रात ग्यास विस्फोटबाट मृत्यु भएका व्यक्तिको परिवारलाई ललितपुर महानगरको सहयोग



पहिलोपोस्ट

म्हपूजाको रात ग्यास विस्फोटबाट मृत्यु भएका व्यक्तिको परिवारलाई ललितपुर महानगरको सहयोग
तस्विर : राजु ताम्राकार/ फेसबुक

काठमाडौं : ललितपुर महानगरपालिकाले कात्तिक १९ गते ग्यास विस्फोटबाट मृत्यु भएका व्यक्तिको परिवारलाई १० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ।

म्हपूजा मनाइरहँदा पाटनको न:बहालको ताम्राकार परिवारको घरमा ग्यास विस्फोट हुँदा चारजनाको मृत्यु भएको थियो।

आज महानगरले अनार ताम्राकारलाई १० लाख सहित विपद् व्यवस्थापन समितिको तर्फबाट थप एक लाख सहयोग रकम हस्तान्तरण गरेको हो।

यस्तै, महानगरले उक्त घटनामा घाइते भएकाहरुको सम्पूर्ण उपचार खर्च समेत ब्यहोरिरहेको कार्यक्रममा जानकारी दिइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell