
भारतमा कोरोना भाइरसको ओमोक्रन भेरियन्ट फैलिएसँगै बढिरहेको दैनिक संक्रमित दरमा कमी आएको छ। पछिल्लो २४ घण्टामा २ लाख भन्दा कममा संक्रमण देखिएको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार १ लाख ६७ हजार ५९ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमण दर घटेपनि मृतकको संख्या भने भारतमा बढिरहेको छ। एकैदिन थप १ हजार १९२ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा २ लाख ५४ हजारजना संक्रमण मुक्त हुँदा सक्रिय संक्रमितको संख्या १७ लाख ४३ हजार ५९ पुगेको छ।