PahiloPost

Aug 9, 2026 | २४ साउन २०८३

सोनाम ल्होछारको अवसरमा भोलि देशभर सार्वजनिक विदा



पहिलोपोस्ट

सोनाम ल्होछारको अवसरमा भोलि देशभर सार्वजनिक विदा

काठमाडौं : सरकारले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ।

सोमवार बसेको मन्त्रिपरिषद् बैठकले सोनाम ल्होछारको उपलक्ष्यमा माघ १९ गते देशभर नै सार्वजनिक विदा दिने निर्णय गरेको हो। 

सोमवार नै वाग्मती प्रदेश सरकारले पनि सोनाम ल्होछारमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको थियो। तामाङ र ह्योल्मो समुदायले सोनाम ल्होछार पर्व विशेष महत्वका साथ मनाउने गर्दछन्। यस पटक यो समुदायमा गोरु वर्ग बिदा भएर बाघ वर्गको स्वागत गरिँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell