PahiloPost

May 8, 2026 | २५ बैशाख २०८३

मोरङको ग्रामथान र बुढीगंगामा बर्डफ्लु संक्रमण पुष्टि



पहिलोपोस्ट

मोरङको ग्रामथान र बुढीगंगामा बर्डफ्लु संक्रमण पुष्टि
FILE PHOTO

काठमाडौं : मोरङका दुई स्थानमा बर्डफ्लु संक्रमण पुष्टि भएको छ। पशुसेवा विभागका अनुसार मोरङको ग्रामथान–१ खुनियाकट्टा र बुढीगंगा –५ मा बर्डफ्लु देखिएको हो।

उक्त स्थानका किसानले पालेका कुखुराको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा संक्रमण देखिएको निमित्त महानिर्देशक लेखराज दाहालले जानकारी दिए।

उनका अनुसार उक्त स्थानमा संक्रमण फैलन नदिन विभागले संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका घरपालुवा पक्षी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत आइतबार नै नष्ट गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell