PahiloPost

Jul 3, 2024 | २० असार २०८१

कोरोनाको तेस्रो लहरले ठप्प मनोरञ्जन क्षेत्र, गायक गायिका भने रेकर्डिङमा व्यस्त



पहिलोपोस्ट

कोरोनाको तेस्रो लहरले ठप्प मनोरञ्जन क्षेत्र, गायक गायिका भने रेकर्डिङमा व्यस्त

काठमाडौं : कोरोनाको दोस्रो लहरपछि जुर्मुराउन थालेको फिल्म तथा मनोरञ्जन क्षेत्र अहिले फेरि ठप्प बनेको छ। कोरोना भाइरसको ओमोक्रन भेरियन्ट फैलिएसँगै सरकारले भिडभाड हुने गतिविधिमाथि प्रतिबन्ध लगाउँदा सिनेमा हललगायत स्टेज कार्यक्रमहरु अहिले बन्द छन्। सिनेमाहल बन्द हुँदा मिति तोकिएका फिल्महरुको रिलिज डेट स्थगित भइसकेको छ। स्टेज कार्यक्रमहरु रद्द हुँदा धेरै कलाकारहरु काम बिहीन भएका छन्। 

तर, कोरोनाको तेस्रो लहरबिच केही कलाकार यस्ता पनि छन् जसलाई काममा भ्याइनभ्याइ छ। विशेषगरी नाम चलेका गायक गायिकाहरु दैनिक गीत रेकर्डिङमा व्यस्त छन्।

गायिका अस्मिता अधिकारी कोरोनाको तेस्रो लहरले काममा खासै नछोएको बताउँछिन्। तेस्रो लहरबिच दिनहुँ एक/दुईवटँ गीत रेकर्ड भइरहेको उनले बताइन्।

'स्टेज कार्यक्रम बन्द हुँदा फुसर्द मिलेको छैन। स्टेज कार्यक्रममा जाँदा केही गीतहरु पेन्डिङमा थिए। ती गीतका साथै लाइनअपमा रहेका गीतहरु रेकर्ड गरिरहेको छु। दिनमा एक/दुई वटा गीत रेकर्ड भइरहेका छन्' उनले सुनाइन्।

यस्तै, लोकदोहोरी गायक खुमन अधिकारी पनि कोरोना संक्रमणको तेस्रो लहर बिच काम अघि बढिरहेको बताउँछन्। कोरोना महामारीको पहिलो र दोस्रो लहरले भने काममा निकै असर गरेको उनको भनाइ छ।

'पहिलेजसरी यसपटकको कोरोनाले असर गरेको छैन। जसले गर्दा स्टेजबाहेक अन्य कामहरु रोकिएको छैनन्। गीतको सिर्जना गर्नेदेखि गीत रेकर्ड गरिरहेको छु। यो अवधिमा ५ वटा गीतहरु रेकर्ड गरिसकेको छु' उनले भने।

गायिका मेलिना राई पनि स्टेजमा निकै व्यस्त हुने कलाकारमा पर्छिन्। तर, स्टेज कार्यक्रम रद्द हुँदा मेलिनालाई पनि फुसर्द मिलेको छैन।

'तेस्रो लहरले खासै असर परेको छैन। केही दिन स्वास्थ्यमा समस्या आउँदा आराम गरे। त्यसपछि ७/८ वटा गीतहरु रेकर्ड गरिसके। स्टेज कार्यक्रमको लागि भारत जाँदैछु।'

त्यसैगरिगायिका रचना रिमाललाई पनि गीत रेकर्ड गर्न भ्याइनभ्याई छ। टिकटकमा पनि व्यस्त रहने उनी अहिलेकी व्यस्त कलाकारमा पर्छिन्। उनको दैनिकी रेकर्डिङ स्टुडियोमा बित्ने गर्छ। अहिले पनि उनी नयाँ गीतहरु रेकर्ड गर्ने काममा व्यस्त छन्। रचनाले यस अवधिमा एक दर्जनभन्दा बढि गीतहरुमा स्वर भरिसकेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell