PahiloPost

Jun 24, 2026 | १० असार २०८३

निर्वाचन आयोगले मिति प्रस्ताव गरिसक्यो अब सरकारले निर्वाचन गराउनुपर्छ : प्रकाशमान सिंह



पहिलोपोस्ट

निर्वाचन आयोगले मिति प्रस्ताव गरिसक्यो अब सरकारले निर्वाचन गराउनुपर्छ : प्रकाशमान सिंह

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संविधान को मर्म र भावनन अनुसार नै   स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका छन्।

 काठमाडौंको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा आयोजित खोप कार्यक्रममा पुगेका उनले निर्वाचन आयोगले संविधान र कानुनबमोजिम स्थानीय तहको निर्वाचनको मिति प्रस्ताव गरिसकेकाले सरकारले आवश्यक प्रक्रियामा पुर्‍याएर निर्वाचनको मिति तय गर्नु पर्ने बताएका हुन्।  

‘यो सरकार नै विशेष अवस्थामा गठन भएको हो। संविधानको रक्षा गर्न यो गठबन्धन सरकार बनेको हो। त्यसैले यो सरकारले संविधानको मर्म र भावना बमोजिम काम गर्नुपर्ने हुन्छ' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell