PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

कोभिड-१९ विरुद्धको खोप अभियानका लागि इजरायलद्वारा साढे पाँच लाख सुई सहयोग



पहिलोपोस्ट

कोभिड-१९ विरुद्धको खोप अभियानका लागि इजरायलद्वारा साढे पाँच लाख सुई सहयोग

काठमाडौं : इजरायल सरकारले कोभिड-१९ विरुद्धको खोपका लागि आवश्यक पर्ने सुई सहयोग गरेको छ। इजरायल सरकारले पठाएको पाँच लाख ६३ हजार सुई मंगलवार नेपाल आइपुगेको हो।

नेपालका लागि इजरायली राजदूत हनान गोडेरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिलाई सुई हस्तान्तरण गरेका हुन्। सुई हस्तान्तरण गरेसँगै राजदूत गोडेरले कोभिड-१९ विरुद्धको लडाइँमा नेपालसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताएका छन्।

उनले दुई देशबीचको साझेदारीले कोभिड-१९ विरुद्धको एक्यबद्धतालाई झल्काउने बताए। सन् २०२२ भित्र महामारी नियन्त्रण गर्न नेपाल सफल हुनेमा उनले विश्वास व्यक्त गरेका छन्।

कोभिड-१९ विरुद्धको लडाइँका लागि इजरायल सरकारले यहाँ स्थित दूतावास मार्फत् नेपाललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell