
काठमाडौं : पछिल्लो २४ घण्टामा ५ हजार ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। १७ हजार ६९४ जनाको परीक्षण गर्दा ५ हजारभन्दा बढीमा संक्रमण देखिएको हो।
यस्तै, ८ हजार २६७ जना संक्रमण मुक्त हुँदा देशभर सक्रिय कोरोना संक्रमितको संख्या ७४ हजार ६५३ पुगेको छ।
संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म देशभर ११ हजार ७५२ संक्रमितको मृत्यु भइसकेको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ९९ हजारले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।