PahiloPost

Jun 24, 2026 | १० असार २०८३

नेपाल र मरिससबीचको दोस्रो हाफ खेल तनावपूर्ण, दुबै टिमका एक एक खेलाडीलाई ‘रेड कार्ड’



पहिलोपोस्ट

नेपाल र मरिससबीचको दोस्रो हाफ खेल तनावपूर्ण, दुबै टिमका एक एक खेलाडीलाई ‘रेड कार्ड’

काठमाडौँः नेपाल र मरिससबीच दशरथ रंगशालामा जारी मैत्रीपूर्ण खेलमा दुबै टोलीका एक एक खेलाडीलाई रातो कार्ड दिइएको छ। 
दोहोरो पहेँलो कार्डका कारण रेड कार्ड दिइएको हो। 

नेपालका अञ्जन विष्टमाथि भएको फलको विषयलाई लिएर विवाद सुरु भएको थियो। 

नेपालका पुजन उपरकोटी र मरिससका एन्द्रिनलाई कार्ड दिइएको हो।   

नेपाली टिमका म्यानेजर मधुसुदन उपाध्यायलाई पनि रेड कार्ड दिइएको छ। अफिसियल मैदानमा प्रवेश गरेर विवाद गरेपछि उपाध्यायलाई कार्ड दिइएको हो। मैदानमा दुबै टिमका अफिसियल आक्रामक भएर प्रवेश गरेका हुन्। 

दुबै टिम अब दश/दश खेलाडीमा सीमित भएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell