PahiloPost

Jun 24, 2026 | १० असार २०८३

रंगशालामा बत्ती निभ्दा नेपाल र मरिसस बीचको खेल रोकियो



पहिलोपोस्ट

रंगशालामा बत्ती निभ्दा नेपाल र मरिसस बीचको खेल रोकियो

काठमाडौं : दशरथ रंगशालामा जारी नेपाल र मरिससविरुद्धको खेल रोकिएको छ। रंगशालामा बिजुली अवरुद्ध हुँदा खेल रोकिएको हो।

दोस्रो हाफ सकिने अवस्थामा रंगशालामा रहेको चारवटै 'फल्ड लाइट' निभेपछि खेल अवरुद्ध भएको हो। आयोजकले वैकल्पिक व्यवस्था नगर्दा खेल नै रोकिएको हो।

काठमाडौं भरि नै बिजुली निभ्दा रंगशालामा पनि बत्ती निभेको हो। 

आज भएको नेपाल र मरिससबिचको दोस्रो खेलको पहिलो हाफमा नेपालका सुजल श्रेष्ठले गोल गरेका थिए। पहिलो हाफ १-० सकिँदा दोस्रो हाफ भने निकै तनावपूर्ण बनेको थियो। रेफ्रीले दुवै टोलीका एक एक खेलाडीलाई  रेड कार्ड दिएका थिए। त्यस लगत्तै सुरु भएको खेलमा रंगशालामा बत्ती निभ्दा रोकिएको हो। 

करिब दश मिनेट खेल रोकिएपछि फेरि खेल सुरु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell