
काठमाडौँ: नेपाली राष्ट्रिय फुटबल टोलीले मरिसससँगको दुई मैत्रीपूर्ण खेलमा दुबैमा जित निकालेको छ। आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले मरिससमाथि १-० गोलअन्तरले जित निकाल्यो।
'आज हामीले जित्यौँ। ३-४-३ मा खेलेका थियो। तीन सेन्ट्रल डिफेन्स प्रयोग गरेँ। मेरो प्लेयरले आफूभन्दा बलिया खेलाडीसँग प्रतिस्पर्धा गरे,' उनले भने, 'म्याचमा धेरै टेन्स भयो। हामी टेन्स अवस्थामा हुनुहुँदैनथ्यो। जब म्याच सकियो, सबै कुरा सकियो। म खुसी छु।'
रेफ्रीको निर्णयलाई आफूले सम्मान गर्ने बताए।
' म उनीहरुलाई प्रेम गर्छु। आज हामीले हारेका थियौँ भने हामी हार्नको योग्य थियौं र आज जितेका छौं, किनभने जित्नको योग्य छौँ,' उनले भने।
उनले आफ्नो परिवारमा कोभिड संक्रमण भएको प्रसंग निकाल्दै 'ड्युटी' लाई आफूले प्राथमिकता दिएको बताए।
दुईवटै खेलमा आफूहरुले जित्ने अपेक्षा नराखेको उनले बताए। यद्यपि जितमा खुसी भएको र यसले नेपालको वरीयता सुधार्न योगदान दिने उनले बताए। आजको खेलमा खेलाडीमा 'डर' नदेखिएको प्रतिक्रिया दिए।
'वरीयतामा दुई स्थान फरक पर्नेछ। यो हाम्रो लागि राम्रो अवसर हो,' खेल स्तरबारेको प्रश्नमा उनले भने, 'हामी प्रिमियर लिगको जस्तो खेल हेर्न चाहन्छौँ। तर त्यो लेभलमा पुग्नका लागि त्यहीले लेभलको ग्रासरुटसम्म हेर्नुपर्छ।'
मैत्रीपूर्ण खेलमा ३४ जना खेलाडीलाई दुई समूहमा विभाजन गरेर ठूलो टिम बनाएको बारे उनले बचाउ गरे। उनले महिला एसियन कपमा भारतले कोभिड संक्रमणका १३ जना खेलाडी उतार्न नसक्दा प्रतियोगिताबाटै बाहिरिनु परेको उदाहरण दिए।
आजको खेलको दोस्रो हाफको तनावपूर्ण अवस्थालाई भने खेलको सामान्य प्रक्रियाको रुपमा लिएको बताए।
'म्याचमा धेरै टेन्स भयो। हामी टेन्स अवस्थामा हुनुहुँदैन्थ्यो। जब म्याच सकियो सबै कुरा सकियो। म खुसी छु,' उनले भने, 'नर्मल हो खेलमा यतिको हुन। रिस, आक्रोश सबैमा हुन्छ। कहिलेकाहीँ यस्तो हुन्छ।'
तनावको अवस्थाबारे मरिससका प्रशिक्षक मारिन पास्कल टोनीले आफ्ना खेलाडीलाई 'प्रभोक' गरिएको प्रतिक्रिया दिए।
मरिससँगको दुबै खेलमा नेपालले १-० गोल अन्तरले जित निकाल्यो। पहिलो खेलमा विमल घर्ती मगरको गोल र दोस्रो खेलमा सुजल श्रेष्ठको गोल नेपालको जितका लागि निर्णायक बन्यो।