PahiloPost

Jun 24, 2026 | १० असार २०८३

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ फेरि बढ्यो, कुनमा कति पुग्यो मूल्य?



पहिलोपोस्ट

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ फेरि बढ्यो, कुनमा कति पुग्यो मूल्य?

काठमाडौँः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको पुनः भाउ बढाएको छ। मंगलबार रातिदेखि १२ बजेबाट लागू हुनेगरि निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धनको भाउ बढाएको हो।  

समायोजित मूल्य अनुसार अब पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ बढेर १४२ कायम भएको छ। त्यस्तै डिजेल र मट्टीतेलमा पनि ३ रुपैयाँ बढेको छ। समायोजित मूल्य प्रतिलिटर १२५ रुपैयाँ कायम भएको ।

त्यस्तै आन्तरिक हवाइ इन्धनमा प्रतिलिटर १० रुपैयाँले भाउ बृद्धि गरेर ११६ रुपैयाँ कायम गरिएको छ। अन्तर्राष्ट्रिय हवाइ इन्धनमा प्रतिकिलोलिटर अमेरिकी डलर सयले बृद्धि गरेर एक हजार ९५ कायम भएको छ।

एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell