PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

मार्टिनेजको गोलमा कोलम्बियामाथि अर्जेन्टिनाको संघर्षपूर्ण जित



पहिलोपोस्ट

मार्टिनेजको गोलमा कोलम्बियामाथि अर्जेन्टिनाको संघर्षपूर्ण जित

कतार विश्वकपको दक्षिण अमेरिकी छनोट अन्तर्गत आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले कोलम्बियालाई हराएको छ। विश्वकपमा लागि छनोट भइसकेको अर्जेन्टिनाले कोलम्बियालाई १-० गोलअन्तरले हराएको हो।

अर्जेन्टिनास्थित स्टेडियो मारियो अल्बर्ट अल्बेरोमा सम्पन्न खेलमा घरेलु टोलीलाई जित दिलाउन लौटरो मार्टिनेजले निर्णायक गोल गरे। उनले खेलको २९ औं मिनेटमा मार्कस अकुनाको पासमा गोल गरेका थिए। राम्रो बल पोजिसन बनाएको अर्जेन्टिनाले केही थप अवसर बनाएको थियो तर त्यसलाई सदुपयोग भने गर्न सकेन।

आजै बिहान सम्पन्न अन्य खेलहरुमा चिलीले बोलिभियालाई ३-२ गोलअन्तरले हराउँदा उरुग्वेले भेनेजुएलालाई ४-१ गोलअन्तरले हरायो।

जितसँगै १५ खेलबाट ३५ अंक जोडेको अर्जेन्टिना तालिकाको दोस्रो स्थानमा छ भने १७ अंक जोडेको कोलम्बिया ७ औं स्थानमा छ। आजको खेलमा जित निकालेसँगै उरुग्वे २२ अंक जोडेर चौथो स्थानमा उक्लँदा १९ अंक जोडेको चिली छैटौं स्थानमा उक्लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell