PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

पाकिस्तानका राष्ट्रपिताको नाममा रहेको 'जिन्ना टावर' मा पोतियो भारतको झण्डाको रंग



पहिलोपोस्ट

पाकिस्तानका राष्ट्रपिताको नाममा रहेको 'जिन्ना टावर' मा पोतियो भारतको झण्डाको रंग
Photo : ANI

पाकिस्तानका राष्ट्रपिता मोहम्मद अलि जिन्नाको नाममा भारतको आन्ध्रप्रदेशको गुंटूर शहरमा एउटा स्मारक छ। सो स्मारकलाई 'जिन्ना टावर' भनिन्छ।

ब्रिटिश शासनबाट भारत टुक्राएर पाकिस्तान बनाउन सफल जिन्नाको नाममा रहेको यो स्मारकलाई लिएर बेलाबेलामा विवाद समेत हुने गरेको छ।

अहिले भने उक्त टावरलाई भारतको राष्ट्रिय झण्डामा रहेको तीनवटा रंगले सजाइएको छ। सत्ताधारी विधायक मोहम्मद मुस्तफाको आदेशमा उक्त टावरमा रंग पोतिएको हो। यसअघि भारतको स्वतन्त्रता दिवसको अवसरमा अर्थात जनवरी २६ मा हिन्दू वाहिनी समूहले टावरमा भारतको झण्डा राख्ने प्रयास गरेको थियो।

७० वर्ष अघि निर्माण भएको उक्त टावर 'धार्मिक सद्भाव'को प्रतिकका रुपमा खडा थियो। अहिले भने यसरी जिन्ना टावरमा रंग लगाउनुलाई धेरैले 'राजनीतिक स्टन्ट' समेत भनेका छन्। गुंटूर क्षेत्र मुसलमान बाहुल्य क्षेत्र नै हो। यहाँको मुख्य बजारलाई जिन्ना टावर सेन्टर समेत भन्ने गरिन्छ।

तर, भारतलाई टुक्राउने जिन्नाको नाम टावर र बजारबाट हटाउनुपर्ने माग पहिला देखि नै उठ्दै आएको थियो।

विधायक मुस्तफा भने ब्रिटिश शासनको विरुद्ध भएको स्वतन्त्रता संग्राममा मुस्लिम नेताहरु पनि सहभागी भएको र स्वतन्त्रता पछि केही मुसलमान भारत छोडेर पाकिस्तान गएको बताउँछन्। त्यसबेला भारतीय मुसलमानहरु पाकिस्तान जान नचाहेको र मातृभूमिमै बसेको समेत उनले बताएका छन्। उनले इतिहासमा मुसलमानले भारत निर्माणमा ठूलो योगदान दिएको भन्दै भारत टुक्राएका जिन्नाको नाममा रहेको टावरलाई भारतीय राष्ट्रिय झण्डाको रंगले पोतिएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell