PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

भारतमा घट्दै संक्रमितको संख्या, निर्माताले गर्न थाले फिल्मको रिलिज मिति घोषणा



पहिलोपोस्ट

भारतमा घट्दै संक्रमितको संख्या, निर्माताले गर्न थाले फिल्मको रिलिज मिति घोषणा

भारतमा ओमोक्रन भेरियन्ट फैलिएसँगै ह्वातै बढेको संकमणदर अहिले घट्दो छ। कोरोनाको जोखिम बढेपछि रिलिज मिति तय भएका फिल्महरु 'होल्ड'मा बसेका थिए। अहिले संक्रमितको संख्यामा कमी आउँदा निर्माताहरू फिल्मको नयाँ रिलिज मिति तय गर्न कस्सिएका छन्।

जनवरीदेखि रिलिज हुने भनिएका तर महामारीका कारण स्थगित भएका फिल्मले अहिले नयाँ रिलिज मिति घोषणा गर्दैछन्। 

प्रभास अभिनित 'राधेश्याम' को पनि नयाँ मिति घोषणा भएको छ। प्रभाससँगै पूजा हेगडे अभिनित यो फिल्म मार्च ११ (फागुन २७)मा रिलिज हुने पक्का भएको छ। प्रभासले पनि आफ्नो इन्स्टाग्राममा फिल्मको नयाँ मितिबारे जानकारी दिएका छन्।

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Prabhas (@actorprabhas)

राधाकृष्ण कुमार निर्देशित यो फिल्म हिन्दी, तमिल, तेलुगू, कन्नड, मलयालमका साथै चिनियाँ र जापनी भाषामा रिलिज हुँदैछ।

त्यसैगरि आलिया भट्ट अभिनित फिल्म ‘गंगुबाई काठियावाडी’ २५ फेब्रअरीमा प्रदर्शन हुने भएको छ। एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’ ले भने २५ मार्चको मिति तोकेको छ।

यसका साथै १८ मार्चमा अक्षयकुमार अभिनित 'बच्चन पाण्डे', २८ अप्रिलमा अजय देवगनको 'रनवे ३४', अगस्ट ११ मा प्रभासको 'आदिपुरुष' रिलिज हुनेछ। त्यसैगरि कार्तिक आर्यनको ‘भुलभुलैया २’ को रिलिज मिति मार्च २५ लाई तोकिएको छ। त्यसैगरि १४ अप्रिलमा 'केजीएफ २' र 'लाल सिंह चड्डा' रिलिज हुँदैछ। अक्षयकुमारको पृथ्वीराज पनि लाइनअपमा छ। 

अमिताभ बच्चन अभिनित फिल्म 'झुन्ट' ४ मार्चमा सिनेमाहलमा प्रदर्शन हुने पक्का भएको छ। अमिताभले ट्विटरमार्फत यो फिल्मको नयाँ मितिबारे घोषणा गरेका हुन्।  यस फिल्ममा अमिताभ स्लम साकरको संस्थापक विजय बरसेको भूमिकामा देखिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell