PahiloPost

May 8, 2026 | २५ बैशाख २०८३

एमाले सचिवालय बैठक बस्दै, स्थानीय तह निर्वाचनको तयारीबारे छलफल हुने



पहिलोपोस्ट

एमाले सचिवालय बैठक बस्दै, स्थानीय तह निर्वाचनको तयारीबारे छलफल हुने
FILE PHOTO

काठमाडौं : नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ। स्थानीय तह निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन संचालन निर्देशिका निर्माणलगायत विषयमा सचिवालयमा छलफल हुने बताइएको छ।

भक्तपुरको गठ्ठाघरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्ने बैठकमा केन्द्रीय विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनलगायतका विषयमा समेत छलफल हुने कार्यसूची रहेको पार्टीका केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

एमालेको दशौँ महाधिवेशनबाट पारित विधानअनुसार अध्यक्ष केपी शर्मा ओलीसहित १९ पदाधिकारी रहेको सचिवालय रहने व्यवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell