PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

दुई डोज नलगाएका व्यक्तिको मोबाइलमा 'पूर्ण खोप' लगाएको मेसेज! अनियमितता भएको भारतीय स्वास्थ्यकर्मीको आरोप



पहिलोपोस्ट

दुई डोज नलगाएका व्यक्तिको मोबाइलमा 'पूर्ण खोप' लगाएको मेसेज! अनियमितता भएको भारतीय स्वास्थ्यकर्मीको आरोप
गाजियाबादको सरकारी खोप केन्द्र बाहिर खोप लिनको लागि पर्खिरहेका मानिसहरू। Photo: Pradeep Gaur/SOPA Images/REX/Shutterstock

कोरोना भाइरस महामारीमा अग्रपंक्तिमा रहेर काम गरिरहेका भारतीय स्वास्थ्यकर्मीहरूले खोप प्रमाणपत्रमा व्यापक अनियमितता भएको आरोप लगाएका छन्। भारतमा खोपको दुवै डोज नपाउँदै मानिसहरुले दोहोरो खोप लगाएको दर्ता कार्ड दिइरहेको स्वास्थ्यकर्मीहरूको दावी छ

खोप लगाउने सरकारी लक्ष्य पूरा गर्ने दबाबको कारण मानिसहरूलाई दुवै डोज नलिई दोहोरो खोप लिइसकेको भन्दै आधिकारिक रूपमा दर्ता गरिएको कोभिड १९ खोप कार्ड दिइएको उनीहरुको आरोप छ।

पहिलो मात्रा लगाएकाहरुको विवरण दोस्रो मात्राको विवरणमा सजिलै गलत रुपमा उतारिएको खोप कार्यक्रमका कर्मचारीहरुले बताएका छन्। खोपबारे मोबाइलमा आउने कोडलाई पनि सजिलै बाइपास गर्न गरिएको उनीहरु बताउँछन्। केही नागरिकहरुको मोबाइलमा दोस्रो मात्रा नलगाउँदै दोस्रो मात्रा लगाएको मेसेज पनि आएको उनीहरुको दावी छ।

‘यो कुनै टेक्निकल समस्याले भएको होइन’, एक स्वास्थ्यकर्मीले भने, ‘यो समस्या आएको किन हो भने खोप लगाएका व्यक्तिहरूको संख्या बढाउनको लागि हामीमाथि अत्यधिक दबाब छ।’

सबै नागरिकहरुको खोपको विवरण सरकारी प्लेटफर्म ‘कोविन’मा रेकर्ड गर्ने गरिएको छ। ‘कोविन’को खोप प्रमाणपत्र विश्वव्यापी रूपमा मान्यता प्राप्त छ। त्यसकै माध्यमबाट मानिसहरूले अन्य प्रान्त र पूर्ण रूपमा खोप लगाएका यात्रुहरूलाई मात्र स्वीकार गर्ने देशहरूमा अन्तर्राष्ट्रिय यात्रा गर्ने गरेका छन्।

भारतमा सरकारले सबै नागरिकलाई खोप लगाउन २०२१ को अन्त्यसम्मको समयसीमा तोकेको थियो। तर, त्यो अभियान सफल हुन सकेन। आधिकारिक तथ्यांक अनुसार हालसम्म ७५ प्रतिशत वयस्क व्यक्तिहरुले दुवै खोप लगाइसकेका छन्। पछिल्लो हप्ता प्रधानमन्त्री नरेन्द्र मोदीले ‘खोप अभियानलाई सफल बनाउने सबैप्रति गर्व छ’ भन्दै ट्विट गरेका थिए।

यद्यपि, स्वास्थ्यकर्मीहरुले भने सो तथ्यांकमा हेरफेर गरिएको आरोप लगाएका छन्। शहरी क्षेत्रमा २० देखि ३५ प्रतिशत मानिसहरूको दोहोरो खोप लगाइसकेको भनी झुठो विवरण दर्ता भएको उनीहरुको अनुमान छ। त्यस्तै, ग्रामिण क्षेत्रमा यो संख्या ४० देखि ६० प्रतिशतसम्म हुन सक्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell