PahiloPost

Jun 24, 2026 | १० असार २०८३

बिहीबारदेखि आलोपालो सेवा दिँदै भक्तपुर जिल्ला प्रशासन, कुन बार कुन नगरपालिकाको पालो ?



पहिलोपोस्ट

बिहीबारदेखि आलोपालो सेवा दिँदै भक्तपुर जिल्ला प्रशासन, कुन बार कुन नगरपालिकाको पालो ?

काठमाडौं : कोरोना भाइरसको संक्रमण बढेसँगै केही दिन अत्यावश्यक बाहेकका सेवा बन्द गरेको जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिहीबारदेखि भने आलोपालो सेवा दिने भएको छ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले यही २० गते बिहीबारदेखि आलोपालो प्रणालीबाट दिइने बताइन्।

प्रशासनले गत माघ ५ गतेबाट स्थगित गरिएका नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, सिफारिस लगायतका अत्यावश्यक नियमित सेवा अर्को सूचना जारी नभएसम्म माघ २० गतेदेखि आलोपालो सेवा दिने भएको हो।

आलोपालो प्रणाली अनुसार आइतबार, मंगलबार र बिहीबार भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका एवं सोमबार, बुधबार र शुक्रबार मध्यपुरथिमि नगरपालिका र सूर्यविनायक नगरपालिकाका सेवाग्राहीलाई सेवा दिइने उनले जानकारी दिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell