PahiloPost

Nov 13, 2025 | २८ कात्तिक २०८२

भाषण र वक्तव्यका लागि देउवाले नियुक्त गरे विज्ञ!



रासस

भाषण र वक्तव्यका लागि देउवाले नियुक्त गरे विज्ञ!

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’मा नुवाकोटका किरण गजुरेललाई नियुक्त गरेका छन्।

प्रधानमन्त्री देउवाले गजुरेललाई प्रधानमन्त्रीको भाषण, मन्तव्य तथा वक्तव्य विज्ञमा मङ्गलबार नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

त्रिभूवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गजुरेल राजनीतिक विचार लेखन तथा प्रशिक्षणमा विशेष दखल राख्नुका साथै अनुसन्धानात्मक कार्यमा सक्रिय छन्। उनका विभिन्न अनुसन्धानात्मक कृति प्रकाशित छन्।

यसअघि नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागको सदस्य रहेका गजुरेलले नेपाली कांग्रेसको १३औँ र १४औँ महाधिवेशनमा कांग्रेस सभापति देउवाको जनसम्पर्क कार्यालयमा रहेर काम गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell