PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

सुरक्षा समितिको बैठकमा निर्वाचनमाथि छलफल



पहिलोपोस्ट

सुरक्षा समितिको बैठकमा निर्वाचनमाथि छलफल

काठमाडौं : गृह मन्त्री बालकृष्ण खाणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ।

बैठकमा आगामी जेठ ४ गतेका लागि प्रस्ताव भएको स्थानीय तह निर्वाचनमा सुरक्षा व्यवस्थापन र वर्तमान सुरक्षा अवस्थाबारे छलफल भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए।

बैठकमा नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेलले निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक पर्ने सुरक्षाका सामाग्री र सुरक्षा व्यवस्थाबारे धारणा राखेका थिए।

गृह मन्त्री खाणले, गृह सचिव टेकनारायण पाण्डे, रक्षा सचिव किरणप्रसाद शर्मालाई स्थानीय तह निर्वाचनबारे तयारी अवस्थामा रहन निर्देशन दिएका थिए ।

करिव दुई घण्टा चलेको बैठकमा स्थानीय तह निर्वाचनको सुरक्षा व्यवस्था केन्द्रित छलफल भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell