PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

गठबन्धनको विजय यात्रा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्म कायम रहन्छ : माधव नेपाल



पहिलोपोस्ट

गठबन्धनको विजय यात्रा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्म कायम रहन्छ : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन सरकार पूरा समय टिक्ने दाबी गरेका छन्। बुधबार एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले आयोजना गरेको रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्तारुढ गठबन्धन नटुट्ने बताएका हुन्।

उनले गठबन्धन टुटाउने प्रयास भइरहेको भन्दै भने, 'हामी समाजवादको यात्रामा अघि बढिरहेका छौं। ५ दलीय गठबन्धन निर्माण गरेका छौं। यो गठबन्धन टुट्नेवाला छैन। कसैले टुटाउन खोजेपनि गठबन्धन टुट्नेवाला छैन।'

उनले जेठमा हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनले मिलेर प्रतिष्पर्धा गर्ने समेत बताए। त्यही विषयलाई लिएर आज नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए। तीन नेताबिचको भेटमा गठबन्धनलाई बलियो बनाएर लैजाने कुरा भएको उनले बताए।

उनले राष्ट्रियसभाको निर्वाचनमा सत्ता गठबन्धन विजयी भएको भन्दै गठबन्धनको विजयको यात्रा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसम्म कायम रहने बताए।

'जेठमा स्थानीय चुनाव हुन गइरहेको छ। त्यसमा पनि गठबन्धनका दलहरु मिलेर अघि बढ्नेछ । त्यसैले अहिले गठबन्धन तोड्न अनेक प्रयास गरिरहेका होलान्। तर उनीहरुको गलत मनशाय सफल हुनेछैन। देश अब गठबन्धनको राजनीतिमा अघि बढ्ने भएकोले त्यसपछिका दिनमा पनि गठबन्धनका विभिन्न स्वरुपहरु देख्नेछौं’ नेपालले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell