PahiloPost

Jun 24, 2026 | १० असार २०८३

थपिए ३६३७ जना कोरोना संक्रमित, १२ जनाको मृत्यु



पहिलोपोस्ट

थपिए ३६३७ जना कोरोना संक्रमित, १२ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ११ हजार ५८२ जनाको कोरोना परीक्षण गर्दा ३ हजार ६३७ जनामा कोरोना संक्रमण देखिएको हो।

आरटी-पीसीआर परिक्षणबाट २ हजार २०५ र एन्टीजेन परीक्षणबाट १ हजार ४३२ जनामा कोरोना संक्रमण देखिएको हो। परीक्षण गरिएका नमुना मध्ये ३१.४० प्रतिशतमा कोरोना देखिएको हो।

त्यसैगरि, ७ हजार ५५५ जना संक्रमण मुक्त हुँदा संक्रिय संक्रमितको संख्या ६९ हजार २९१ पुगेको छ।

कोरोना संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा थप ८ लाख १५ हजार ७९६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell