PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

सुदूर पश्चिममा प्रधानमन्त्री देउवाको पुत्ला दहन, प्रहरीले हान्यो लाठी



पहिलोपोस्ट

सुदूर पश्चिममा प्रधानमन्त्री देउवाको पुत्ला दहन, प्रहरीले हान्यो लाठी

कैलाली : पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा सुदूर पश्चिमको मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन सहित प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाइएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन अनेरास्ववियू र राष्ट्रिय युवा सङ्घले विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा एमाले कार्यकर्ता र प्रहरी बिच केही बेर हात हालाहालको स्थिति बनेको थियो। प्रहरीले लाठी चार्ज गर्दै प्रदर्शनमा उत्रिएका कार्यकर्तालाई तितरबितर पारेको छ।

सो क्रममा उनीहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन र राँके जुलुस निकाल्न खोज्दा प्रहरीले अवरोध गरेको थियो।

सरकारले इन्धनमा निरन्तर मूल्यवृद्धि गरेपछि प्रदर्शनमा उत्रिएको अनेरास्ववियू कैलालीका जिल्ला अध्यक्ष किशोर शाहले बताए। शान्तिपूर्ण प्रदर्शन गर्न खोज्दा प्रहरीले बल प्रयोग गरेको उनको आरोप थियो। तर, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले भने प्रदर्शनमा संलग्नलाई तितरबितर पार्न सामान्य धरपकड मात्रै भएको बताए।

अनेरास्ववियू र राष्ट्रिय युवा सङ्घले तत्काल पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने भन्दै विरोध प्रदर्शन गरिरहेका छन्। पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूले जनाएका छन्। हिजोमात्र नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell