PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

टुँडिखेलमा सोनाम ल्होछार : पहिला झै भएन रौनक, युवायुवती भने टिकटकमा रमाए

टुँडिखेलमा सोनाम ल्होछार : पहिला झै भएन रौनक, युवायुवती भने टिकटकमा रमाए

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : तामाङ समुदाय र ह्योल्मो समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइयो।

काठमाडौंको टुँडिखेलमा हरेक वर्ष ल्होछारको रौनकता छाउने भए पनि यस वर्ष भने कोरोना महामारीलाई मध्यनजर गर्दै सांस्कृतिक कार्यक्रम हुन सकेन। पहिला झै धेरै मानिस जम्मा नभएपनि समूह समूहमा युवा युवतीहरु टुँडिखेल पुगेका थिए। धेरैजसो युवाहरु नाचगान र टिकटक बनाउन व्यस्त देखिए।

मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ। आजदेखि गोरु वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ। मुसा, गोरु, बाघ, बिरालो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ।

ल्होछारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धानदाता टीका शेर्पाले जानकारी दिए। तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ। यस वर्ष बुधबार मनाइने पर्वका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell