PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटीमा खटिने प्रहरीले अबदेखि मोबाइल बोक्न नपाउने



पहिलोपोस्ट

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटीमा खटिने प्रहरीले अबदेखि मोबाइल बोक्न नपाउने

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटीको समयमा खटिने प्रहरीले मोबाइल बोक्न नपाउने भएका छन्।

विमानस्थल प्रहरीले केही दिनदेखि ड्युटीको समयमा कुनै पनि प्रहरीलाई अफिसियल मोबाइलबाहेक निजी मोबाइल बोक्न रोक लगाएको विमानस्थल प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए।

ड्युटीको समयमा मोबाइल फोन बोक्दा फेसबुक तथा अन्य सोसल मिडियामा समय खर्चेको देखिएपछि काममा 'फोकस' गराउन यस्तो नियम लगाइएको एसएसपी ढकालले बताए।

'उनीहरुको फोन ड्युटी प्रमुखको जिम्मामा हुन्छ। आफन्त र आपतकालीन अवस्थाका लागि अफिसको नम्बर प्रयोग हुन्छ। ड्युटीको समयमा मोबाइलतिर ध्यान नजाहोस् भनेर यस्तो नियम बनाइएको हो,' एसएसपी ढकालले भने।

प्रहरीलाई विभिन्न गतल काममा प्रभाव पार्ने व्यक्तिहरुको सम्पर्क पनि यस्तो नियमले टुटाउनेमा एसएसपी ढकालको दाबी छ। विभिन्न सरकारी निकायहरुमा मोबाइल, फेसबुक लगायतका सामाजिक सञ्जालको प्रयोगले सेवाग्राहीलाई मार्का पर्ने बन्दै निषेध समेत गरिएको थियो। सिंहदरबारमा समेत फेसबुक चलाउन रोक लगाउने निर्णय समेत भएको थियो। तर, यो नियम बलियो रुपमा कार्यन्वयन भएको देखिएको छैन।

अहिले त्रिभुवन विमानस्थलमा ३ सय ६ जना प्रहरी कार्यरत छन्। विमानस्थलमा यात्रुको चाप बढ्दै गएपछि पाँच वर्षअघि कायम गरिएको जनशक्ति प्रयाप्त नहँदा थप प्रहरी थपिने प्रकृया समेत सुरु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell