PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

भारतमा संक्रमणका कारण एक हजार बढीको मृत्यु, थपिए १ लाख ७२ हजार संक्रमित



पहिलोपोस्ट

भारतमा संक्रमणका कारण एक हजार बढीको मृत्यु, थपिए १ लाख ७२ हजार संक्रमित
Photo : BBC

काठमाडौं : पछिल्लो २४ घण्टामा १ लाख ७२ हजार ४३३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। हिजोभन्दा ६.८ प्रतिशत बढीमा संक्रमण देखिएको हो।

यस्तै, २ लाख ५९ हजार १०७ जना संक्रमण मुक्त हुँदा भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १५ लाख ३३ हजार ९२१ पुगेको छ।

संक्रमणक कारण थप १ हजार ८ जनाको मृत्यु भएको छ। पछिल्लो समय भारतमा संक्रमण दर घट्दै गएपनि दैनिक १ हजार भन्दा बढी संक्रमितको मृत्यु भइरहेको छ। हालसम्म भारतमा ४ लाख ९८ हजार ९८३ जनाको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell