PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

‘गड्स बफेलो’ अमेरिकी एनिमल फिल्म फेस्टिभलमा छनोट



पहिलोपोस्ट

‘गड्स बफेलो’ अमेरिकी एनिमल फिल्म फेस्टिभलमा छनोट

नेपाली डकुमेन्ट्री ‘गड्स बफेलो’ अमेरिकी एनिमल फिल्म फेस्टिभलमा छनोट भएको छ। विष्णु कल्पितको निर्देशन रहेको यो डकुमेन्ट्री एनिमल फाबुला फिल्म फेस्टिभलमा स्क्रिनिङ हुनेछ।

१४ मिनेटको डकुमेन्ट्री गत असार १५ गते राति सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले बगाएको भैँसीमा आधारित छ। बाढीले बगाएको भैँसीलाई फिर्ता ल्याउन भैँसी मालिकले गरेको प्रयास र संघर्षको कथा ‘गड्ज बफेलो’ मा समेटिएको छ।

यसअघि पनि ‘गड्ज बफेलो’ ले काठमाडौं पर्वतीय फेस्टिभल (किम्फ) मा उत्कृष्ट डकुमेन्ट्री र इसिमोड अवार्ड जितिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell