PahiloPost

Aug 9, 2026 | २४ साउन २०८३

सात लाख रुपैयाँमाथिको नगद कारोबारको अनुसन्धान गर्दै राष्ट्र बैङ्क



पहिलोपोस्ट

सात लाख रुपैयाँमाथिको नगद कारोबारको अनुसन्धान गर्दै राष्ट्र बैङ्क

काठमाडौँः नेपाल राष्ट्र बैङ्कले सात लाख रुपैयाँभन्दा माथि भएका नगद कारोबारको अनुसन्धान थालेको छ। अहिले बैङ्क तथा वित्तीय संस्थाबाट १० लाखदेखि माथि नगद झिक्न पाइँदैन।

पछिल्ला दिन नगदसहित मान्छे पक्राउ पर्ने, नगदको शङ्कास्पद कारोबार बढ्नुका साथै हुन्डी, क्रिप्टोको आन्तरिक भुक्तानीलगायतमा पनि नगद प्रयोग बढेको भन्ने विश्लेषणका आधारमा राष्ट्र बैङ्कले अनुगमन बढाएको हो।

राष्ट्र बैङ्कको बैङ्क सुपरिवेक्षण विभाग अन्तर्गतको सम्पत्ति शुद्धीकरण अनुगमन इकाइले सबै वाणिज्य बैङ्कका प्रमुख कार्यकारीहरूलाई पत्र लेख्दै माघ २४ गतेभित्र प्रति कारोबार सात लाख र त्योभन्दा बढिको नगद कारोबारको विवरण बुझाउन भनेको हो।

राष्ट्र बैङ्कले २०७८ साउन १ देखि पुस ३० गतेसम्मको विवरण माग गरेको हो। 'सबै कुरा बैङ्किङ प्रणालीबाटै हुन्छ। तैपनि नगद कुन वर्गले धेरै चलाउने रहेछ, कुन क्षेत्रका बासिन्दामा नगदको प्रयोग बढी हुने रहेछ, कस्ता पेसा व्यवसाय भएकाले नगद धेरै प्रयोग गर्ने रहेछन् भनेर हेर्न विवरण माग गरिएको हो’ राष्ट्र बैङ्क स्रोतले भन्यो।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell