PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

आयोगले सिफारिस गरेको मितिमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई नागरिक समाजको आह्वान



रासस

आयोगले सिफारिस गरेको मितिमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई नागरिक समाजको आह्वान

काठमाडौं : नागरिक समाज तथा विभिन्न संघसंस्थाले निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको मितिमा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न आह्वान गरेका छन्।

नेपाल पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ, मानव अधिकार एलाइन्ससहित २२ वटा नागरिक समाज तथा विभिन्न संघ संस्थाले आगामी जेठ ४ गते निर्वाचन गर्न निर्वाचन आयोगले सरकारलाई सुझाव दिएकोले सोही अनुसार मिति घोषणा गर्न आह्वान गरेका हुन्।

ती संघसंस्थाले आज जारी गरेको प्रेस विज्ञप्तिमा कुनै पनि बहानामा स्थानीय तहको निर्वाचनको मिति पर धकेल्ने काम गर्न नहुने बताइएको छ।

स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ ले गाउँपालिका र नगरपालिका सदस्यको निर्वाचन गाउँसभा र नगरसभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि सम्पन्न हुनेछ भन्ने उल्लेख गरेको छ। स्थानीय तहका निर्वाचित सदस्यको कार्यकाल २०७९ जेठ ७ गते सकिँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell