PahiloPost

Aug 9, 2026 | २४ साउन २०८३

अवैध तरिकाले ल्याएको सुन सहित त्रिभुवन विमानस्थलबाट तीन जना समातिए, मलद्वारमा लुकाएर ल्याएका थिए सुन



पहिलोपोस्ट

अवैध तरिकाले ल्याएको सुन सहित त्रिभुवन विमानस्थलबाट तीन जना समातिए, मलद्वारमा लुकाएर ल्याएका थिए सुन

काठमाडौं : विदेशबाट अवैध तरिकाले ल्याएको सुनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको प्रहरीले विशेष सूचनाको आधारमा १ किलो १ सय ५५ ग्राम सुन सहित तीन जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा  दुबईबाट फर्किएका रौतहटको गौर नगरपालिकाका ३२ वर्षीय सुनिल कुमार साह, मकवानपुरका २८ वर्षीय नवराज परियार र सिन्धुपाल्चोकका ३९ वर्षीय दावा छिरिङ शेर्पा रहेका छन्। शेर्पाले सारजहाबाट फर्किदा मलद्वारमा लुकाएर १ किलो ५५ ग्राम सुन ल्याएका थिए।

त्यस्तै, साहको साथबाट प्रहरीले सुनको औँठी र सिक्री गरेर ५० ग्राम सुन बरामद गरेको थियो। परियारले पनि ५० ग्रामको बेरुवा औँठी ल्याएका थिए। त्यस्तै, प्रहरीले ४ वटा आइफोन समेत बरामद गरेको छ।

थप अनुसन्धानको लागि प्रहरीले बरामद सुन र मानिस भन्सार कार्यालयलाई बुझाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell