PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

कोरोनाका कारण दुई वर्षसम्म बन्द सीमा खोल्दै न्यूजिल्याण्ड



पहिलोपोस्ट

कोरोनाका कारण दुई वर्षसम्म बन्द सीमा खोल्दै न्यूजिल्याण्ड
Photo : Getty Images

न्यूजिल्याण्डले कोरोना भाइरसको संक्रमण रोक्न लगाएको यात्रा प्रतिबन्ध फुकुवा गर्दै सीमा खोल्ने निर्णय गरेको छ। न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा अर्डेनले सीमा खोल्ने निर्णय गर्दै पाँच चरणको योजना सार्वजनिक गरेकी हुन्।

बीबीसीका अनुसार न्यूजिल्याण्ड सरकारले २७ फेब्रुअरीदेखि अनिवार्य होटल क्वारेन्टाइन बस्न नपर्ने गरी अस्ट्रेलियामा रहेका आफ्ना नागरिकलाई स्वदेश फिर्ता हुन दिने निर्णय गरेको छ।

न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा अर्डेनले कोरोनाविरुद्धको खोप लगाएका अन्य देशका नागरिकहरुलाई १३ मार्च देखि न्यूजिल्याण्ड प्रवेश गर्न दिइने बताइन्। तर, यसरी आउने यात्रुहरुले आफूहरुलाई १० दिन ‘सेल्फ आइसोलेट’ गर्नुपर्नेछ। यसपटक भने घरमा नै आइसोलेसनमा बस्न सकिनेछ।

कोरोना संक्रमण सुरु भएयता न्यूजिल्याण्डको सीमा करिब दुई वर्षदेखि बन्द छ। विश्व खुलिरहेको अवस्थामा सीमा बन्द रहेको भन्दै जसिन्डा सरकारको आलोचना भइरहेको थियो।

न्यूजिल्याण्डमा हालसम्म करिब १७ हजारमा कोरोना संक्रमण देखिएको छ। यस्तै, ५३ जनाको मृत्य भएको छ। विश्वका अधिकांश देशको तुलनामा यो कम संख्या हो।

सरकारले स्वदेश फर्किन दिने र सीमा खोल्ने निर्णय गरेपछि सर्वसाधरणले त्यसको स्वागत गरेका छन्। विशेषगरी न्यूजिल्याण्डमा महामारीका कारण फसेकाहरुले यो निर्णयबाट राहत पाउने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell