PahiloPost

Aug 9, 2026 | २४ साउन २०८३

यस्तो छ महेन्द्र सिंह धोनीको एनिमेटेड 'अघोरी' लुक



पहिलोपोस्ट

यस्तो छ महेन्द्र सिंह धोनीको एनिमेटेड 'अघोरी' लुक

भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीको एनिमेटेड ग्राफिक नोभल 'अथर्व: द ओरिजिन' को फस्टलुकसहित टिजर सार्वजनिक भएको छ।

मिथोलोजिकल साइन्स फिक्सन नोभलको टिजर धोनीले फेसबुकमार्फत सार्वजनिक गरेका छन्। टिजरमा धोनी अघोरी अर्थात 'अथर्व' को भूमिकामा देखिएका छन्।

युद्धको मैदानमा धोनी एनिमेटेड अवतारमा देखिएका छन्। जहाँ उनी राक्षसको सेनाको विरुद्धमा लडिरहेको देख्न सकिन्छ।

यो उपन्यासको कथा लेखक रमेश थमिलमणिको अप्रकाशित पुस्तकबाट साभार गरिएको हो।

धोनी इन्टरटेनमेन्टको ब्यानरमा बन्ने ग्राफिक नोभलको विरजू स्टुडियोज र मिडाल डीलले निर्माण गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell