PahiloPost

Sep 20, 2024 | ४ असोज २०८१

अल्लु अर्जुनको सिको गर्दै रक्तचन्दन तस्कर गर्न खोज्दा भारतमा एकजना पक्राउ



पहिलोपोस्ट

अल्लु अर्जुनको सिको गर्दै रक्तचन्दन तस्कर गर्न खोज्दा भारतमा एकजना पक्राउ

तेलुगु फिल्म ‘पुष्पाः द राइज’को कथाको सिको गर्दै रक्त चन्दन तस्करी गरिरहेको अवस्थामा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको भारतीय मिडियाले दाबी गरेको छ। उक्त फिल्ममा रक्त चन्दन तस्करको भूमिकामा देखिएका अल्लु अर्जुनबाट प्रेरित भएर यासिन इनायथुल्लालाई ट्रकमा रक्तचन्दन राखेर लैजाँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

इनायथुल्ला आफ्नो ट्रकमा रक्त चन्दन बोकेर कर्नाटक-आन्ध्र सीमाबाट महाराष्ट्रतर्फ जाँदै थिए। सांगली जिल्लाको गान्धी चोक मिराजनगरमा उनलाई महाराष्ट्र प्रहरीले सीमा पार गरेपछि पक्राउ गरेको थियो। प्रहरीले ट्रकसहित २ करोड ४५ लाख मूल्य बराबरको रक्त चन्दन नियन्त्रणमा लिएको हो।

पुष्पा फिल्ममा मुख्य भूमिकामा देखिएका अल्लुले दूधको ट्याकं‌रमा काठ राखेर लैजान्छन्। सोही फिल्मबाट प्रेरित भएर नै ती चालकले ट्रकमा पहिले रक्त चन्दन भरेका भारतीय मिडियाले उल्लेख गरेको छ। उनले रक्तचन्दन माथि फलफूल र तरकारीको डिब्बा राखेका थिए। प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell