PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

संयुक्त अरब इमिरेट्समा कसले गरिरहेको छ ड्रोन र मिसाइल आक्रमण ?



पहिलोपोस्ट

संयुक्त अरब इमिरेट्समा कसले गरिरहेको छ ड्रोन र मिसाइल आक्रमण ?
File Photo : Houthi Media Office/Handout via Reuters

संयुक्त अरब इमिरेट्स‘युएइ’मा पछिल्लो केही सातादेखि ड्रोन र मिसाइल आक्रमण हुने क्रम जारी छ। यमनलाई लिएर विवाद बढिरहेको बेलामा युएइमा फेरि ड्रोन आक्रमण भएको अलजजिराले उल्लेख गरेको छ।

युएई साउदी अरेबियाले नेतृत्व गरेको सेन्य गठबन्धनमा रहेको छ। उक्त गठबन्धनले  मार्च २०१५ मा हुथि विद्रोहीले यमन कब्जा गरेपछि हस्तक्षेप गरेको थियो।

अहिले युएईमा भइरहेको ड्रोन आक्रमणको जिम्मेवार हुथि विद्रोही नै भएको बताइन्छ। साउदीमा पनि हुथि विद्रोहीले कयौंपटक ड्रोन र मिसाइल आक्रमण गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell