PahiloPost

Jul 3, 2024 | २० असार २०८१

अमेरिकी सैनिक परिचालनसँग युरोपमा बढ्यो 'युद्धत्रास', शितयुद्धपछिकै खराब अवस्थाको संकेत



पहिलोपोस्ट

अमेरिकी सैनिक परिचालनसँग युरोपमा बढ्यो 'युद्धत्रास', शितयुद्धपछिकै खराब अवस्थाको संकेत

अमेरिकाले युरोपमा सैनिक शक्ति विस्तार गरेको भन्दै रसियाले खेद प्रकट गरेको छ। युक्रेनमा रसियाले सैनिक हस्तक्षेप गर्न लागेको भन्दै अमेरिकाले सैनिक ट्रुप पठाएपछि यस्तो प्रतिक्रिया आएको हो।

अमेरिकी कदमलाई 'विध्वंसात्मक' भन्दै राजनीतिक समाधानको विषयलाई थप तनावपूर्ण बनाएको मस्कोको भनाइ छ।

पेन्टागनले २ हजार अमेरिकी सैनिक नर्थ कोरालिनाबाट पोल्यान्ड जर्मनीतर्फ पठाएको जनाएको छ। जर्मनीमा पहिले नै रहेका १ हजार सैनिक रोमानियाँ जाँदै गरेको पनि जनाइएको छ।

युक्रेन नजिक रसियाको १ लाख सेना तैनाथ गरिएको छ। अमेरिका र पश्चिमा मुलुकले रसियाले युक्रेनमा सैनिक हस्तक्षेप गर्ने तयारी गरिरहेको दावी गरिरहँदा रसियाले भने त्यसलाई नकार्दै आएको छ।

आठ वर्षपछि फेरि एकपटक युक्रेन र रसियाको विवादले क्षेत्रीय द्वन्द्वलाई मलजल गरेको छ।

युक्रेन सरकार असफल भएको भन्दै मस्कोले आलोचना गर्दै आएको छ। सन् २०१४ यता रसियाको समर्थन प्राप्त स्वातीका विद्रोही दवाएको उसको दावी छ। त्यस क्षेत्रमा कम्तिमा १४ हजारले ज्यान गुमाएको रसियाले दावी गर्दै आएको छ।

यता अमेरिका र पश्चिमी सैनिक गठबन्धन नाटोले युक्रेन नजिक रसियाले सैन्य दस्ता बढाएको विषयलाई मुद्दाका रुपमा उठाउँदै आएका छन्। 

बिहीवार नाटोका महसचिव जेन्स स्टोल्टेन्टवर्गले केही दिन यता मात्रै रसियाले ३० हजार सैनिक बेलारुसतिर परिचालन गरेको बताएका छन।

उनले युद्ध पछिको यो सबैभन्दा ठूलो सैन्य परिचालन भएको दावी समेत गरेका छन्।

तर, रसियाले प्रष्ट्याएको छ - ती सैनिक संयुक्त सैन्य अभ्यासका लागि खटाइएका हुन्।

युक्रेनले केही गरी रसियाले सैनिक हस्तक्षेप गरेमा त्यो सिंगो युरोप र रसियाबिचको युद्ध हुने बताइसकेको छ।

अमेरिकी राष्ट्रपति जोय बाइडेनको निर्णयलाई रसियाले 'विध्वंशात्मक' भनेको छ। रसियाका डेपुटी विदेश मन्त्री अलेक्जेन्डर ख्रुस्कोले 'अमेरिकी कदम तर्कहीन भएको टिप्पणी गरेका छन्।

बिहीवार नै रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकालाई युरोपमा तनाव बढाउने हर्कत नगर्न भनेका छन्।

यता पेन्टागनले भने अमेरिकी सैनिक परिचालनको उद्देश्य युद्धका लागि नभइ युक्रेनको सुरक्षालाई सघाउन भएको तर्क गरेको छ। यसबाहेक अतिरिक्त ८ हजार ५ सय सैनिकलाई पेन्टागनले गत महिनादेखि नै युरोपमा परिचालित हुनुपर्ने सम्भावनासहित अलर्टमा राखेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell