PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

त्रिचन्द्र कलेजबाटै प्रधानमन्त्रीको पुतला जलाएर सडकमा ओर्लिए विद्यार्थी, प्रहरीसँग घम्साघम्सी

त्रिचन्द्र कलेजबाटै प्रधानमन्त्रीको पुतला जलाएर सडकमा ओर्लिए विद्यार्थी, प्रहरीसँग घम्साघम्सी

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेकपा एमालेको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले राजधानीमा विरोध प्रदर्शन गरेको छ।

त्रि-चन्द्र कलेज परिसरमा भेला भएका अनेरास्ववियूका नेता र कार्यकर्ताहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला समेत जलाएका छन्।

कलेज परिसरबाट नै पुतला जलाएर विद्यार्थी नेताहरु मूल सडकमा आएका थिए। त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी परेको थियो।

विद्यार्थी यूनियनको आन्दोलनका करण केही बेर जमल- रत्नपार्क हुँदै चल्ने सडक अवरुद्ध भएको थियो।  



ट्रेन्डिङ पोस्ट

Ncell