PahiloPost

Jun 24, 2026 | १० असार २०८३

१२ हजार बढीको परीक्षण गर्दा ३१७५ जनामा देखियो कोरोना, थप १४ जनाको मृत्यु



पहिलोपोस्ट

१२ हजार बढीको परीक्षण गर्दा ३१७५ जनामा देखियो कोरोना, थप १४ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा १२ हजार ६०५ जनाको कोभिड १९ परीक्षण गर्दा ३ हजार १७५ जनामा संक्रमण देखिएको छ।

यस्तै,  ८ हजार ७२३ जना संक्रमण मुक्त हुँदा देशभर कुल सक्रिय संक्रमितको संख्या ६३ हजार २९६ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ लाख ६६ हजार ५४० जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन्।

मन्त्रालयका अनुसार संक्रमणका कारण थप १४ जनाको मृत्यु भएको छ। हालसम्म संक्रमणका कारण ११ हजार ७७८ जनाको मृत्यु भइसकेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell