PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

एन्फा कार्यसमिति बैठकबाट निर्वाचन नियमावली मस्यौदा पारित



पहिलोपोस्ट

एन्फा कार्यसमिति बैठकबाट निर्वाचन नियमावली मस्यौदा पारित

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको बैठक आज सम्पन्न भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न बैठकले निर्वाचन नियमावली मस्यौदा फिफा र एएफसीको निर्देशन पालना गर्नगरी पारित गर्ने लगायतका निर्णय गरेको एन्फाले जनाएको छ।

त्यस्तै निर्वाचन समिति गठन गर्न अध्यक्षको प्रस्ताव अनुसार अधिवक्ता श्रीराम दवाडीको संयोजकत्वमा सहसंयोजकमा अधिवक्ता रामचन्द्र गौतम, सदस्य दामोदर भट्टराई त्यस्तै वैकल्पिक सदस्यमा अधिवक्त सरस्वती श्रेष्ठ र प्रीति राईलाई निर्वाचन समितिमा मनोनयन गर्न २० औं साधारणसभामा निर्णयार्थ पेश गर्ने निर्णय गरेको एन्फाको विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै निर्वाचन पुनरावेदन समिति गठन गर्न विष्णु लुइटेलको संयोजकत्वमा समिति गठन गरी एन्फाको साधारण सभामा निर्णयार्थ पेश गर्ने निर्णय गरेको छ।

त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा १९ औं साधारण सभाबाट पारित वार्षीक कार्यक्रमहरु कोभिड महामारीका कारणले रोकिएको भन्दै उक्त अनुमोदित बजेटलाई आर्थिक वर्ष २०७८/७९ भित्र रकमान्तर गरि खर्च गर्ने निर्णय गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell