PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

झारफुक गर्दा बालिकाको मृत्यु भएपछि समातिएकी ‘माता’ पुर्पक्षको लागि थुनामा



पहिलोपोस्ट

झारफुक गर्दा बालिकाको मृत्यु भएपछि समातिएकी ‘माता’ पुर्पक्षको लागि थुनामा

काठमाडौँ: झारफुक गर्ने  क्रममा एक बालिकाको मृत्यु भएपछि पक्राउ परेकी माता भनिने उमा शाहीलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षको लागि थुनामा पठाएको छ।

नागार्जुन नगरपालिका वडा नम्बर १ रानीवन पानीट्याङ्की बस्ने ‘माता’ भनिने ४८ वर्षीय शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। शाहीकी सहयोगी बालिकालाई भने अदालतले बाल सुधार गृह पठाएको छ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी-२ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी-७ धुन्चेपाखा बस्ने १४ वर्षीया नाबालिका ठकुरीले झारफुक गर्ने क्रममा बेहोस् भएकी थिइन्। बेहोस् भएकी बालिकालाई उपचारको लागि मनमोहन मेमोरियल अस्पतालमा ल्याइएकोमा बालिकाको मृत्यु भएको थियो।

घटनापछि महानगरीय प्रहरी बृत्त स्वयम्भूबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली अस्पताल पुगेर शवको जाँच मुचुल्का र घटनास्थलको मुचुल्का उठाएको थियो। माघ १८ गते घटनाको अनुसन्धान सकाएर प्रहरीले रायसहित प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको थियो।

अनुसन्धानको क्रममा मृतकलाई उनकी आमाले २२ दिन पहिले उपचारको लागि शाहीको झारफुक केन्द्रमा ल्याई छाडेको खुलेको छ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell