PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख नाघ्यो



पहिलोपोस्ट

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख नाघ्यो
Credit: AFP - Getty Images

भारतमा पछिल्लो २४ घण्टामा १ लाख ४९ हजार ३९४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। हिजो भन्दा १३ प्रतिशत कममा संक्रमण देखिएको हो।

संक्रमणका कारण थप १ हजार ७२ जनाको मृत्यु भएको छ। यससँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख नाघेको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म भारतमा ५ लाख ५५ जनाको मृत्यु भइसकेको छ।

यस्तै, संक्रमण २ लाख ४६ हजार ३९४ जना संक्रमण मुक्त हुँदा कुल सक्रिय संक्रमितको संख्या १४ लाख ३५ हजार ५६९ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell