PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

युवतीको उद्धारबारे असंवेदनशील ‘जोक’ गर्दा विवादमा 'बाँकी समाचार'



पहिलोपोस्ट

युवतीको उद्धारबारे असंवेदनशील ‘जोक’ गर्दा विवादमा 'बाँकी समाचार'

काठमाडौं : युट्युबमा विभिन्न कन्टेन्टहरु प्रसारण गर्दै आएको 'कुकी डंक' च्यानलबाट प्रसारण हुने  'बाँकी समाचार' कार्यक्रमको एक भिडियोको अंश विवादमा परेको छ।

समाचारलाई व्यङ्ग्यका माध्यमबाट प्रस्तुत गर्दै आइरहेको 'बाँकी समाचार'मा महिलाको बारेमा गरिएको ‘जोक’ का कारण कार्यक्रम र कार्यक्रम प्रस्तोताको आलोचना भइरहेको छ।

कार्यक्रमकी प्रस्तोता योजना मगरले मानव बेचविखनमा परेकी महिलाहरुलाई लिएर सवंदेनशील व्यङ्ग्य गरेको भन्दै सामाजिक संजालमा विरोध भइरहेको हो।

‘केन्याबाट उद्धार गरिएका युवती वेखुश’ भन्ने एक समाचारमा योजनाले भन्छिन् : सो आइ गेस वन्स यु गो ब्ल्याक यु डन्ट वान्ना गेट ब्याक। र, योजना संगै कार्यक्रम प्रस्तुत गरिरहेका आयुष श्रेष्ठ हाँस्छन्।

उनीहरुले ‘बेचबिखनमा परी अश्वेत व्यक्तिहरुसँग रमिसकेका महिला अहिले फर्किँदा बेखुश भएको’ भावना व्यक्त गर्दै ठट्टा गरेका थिए।   

यसरी मावन बेचबिखनबारे ठट्टा गरेपछि मानव बेचबिखन, जबरजस्ती बेश्यावृत्ति र सम्भावित बलात्कारलाई लिएर ‘जोक’ गरेको भन्दै सामाजिक संजालमा आलोचना भइरहेको हो। 

आलोचनापछि प्रस्तुतीकर्ता योजना र आयुषले स्पष्टीकरण समेत दिएका छन्। योजनाले उक्त भिडियो क्लिप ३ वर्ष अघिको भएको र हिजो एक साथीले टिकटकमा हालेको बताएकी छिन्। उनले उक्त जोक 'रिजेक्ट' गर्नुपर्ने भए पनि आफूहरु सिक्ने क्रममा रहेको बताएकी छिन्। उनले उक्त 'जोक' बाट सिर्जित वातावरणका लागि क्षमा समेत मागेकी छिन्।

यस्तै, आयुषले पनि गल्तीहरु जहिलै स्वीकार गर्ने गरेको भन्दै उक्त जोकबारे पनि क्षमा मागेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell