PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'ह्यारीकी प्यारी' को छायाङ्कन सेटमा पुगिन् साम्राज्ञी



पहिलोपोस्ट

 'ह्यारीकी प्यारी' को छायाङ्कन सेटमा पुगिन् साम्राज्ञी

काठमाडौं: अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह फिल्म् 'ह्यारीकी प्यारी' को छायाङ्कन सुरु गरेकी छिन्। पछिल्लो समय केही म्यजिक भिडियो काम गर्दैँ आएकी साम्राज्ञी फिल्मको सेटमा फर्किएकी हुन्।

केही दिनअघि सुरु भएको फिल्मको शुभ मुर्हतमा साम्राज्ञी उपस्थित थिइनन्। तर आफ्नो छायाङ्कन सेड्युलमा उनी सेटमा पुगेकी हुन्।

कलाकार जितु नेपालले छायाङ्कन स्थलको फोटो फेसबुकमा सेयर गरेका छन्। फोटोमा जितुका साथै सामाग्री र बिजय बराललाई देख्न सकिन्छ।

कपिल रिजालले निर्देशन रहेको फिल्ममा जितु नेपालका साथै साम्राज्ञीको मुख्य भूमिका छ। कपिल रिजालले यस फिल्ममार्फत निर्देशनमा डेब्यू गरेका छन्। रिजालले यसअघि फिल्म ‘ड्रिम्स’मा लगानी गरेका थिए।

फिल्ममा जितु र साम्राज्ञीका साथै विजय बराल, लक्ष्मी गिरी, सुभास गजुरेल, डिल्ली खनाललगायतका कलाकारहरुको अभिनय रहनेछ। फिल्मको छायांकन पर्वतका विभिन्न रमणीय स्थानमा भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell