PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

वरिपरि डाँडामा हिउँ पर्दा, काठमाडौंमा झरी : यस्तो देखियो काममा निस्किनेको कष्टकर जीवन

वरिपरि डाँडामा हिउँ पर्दा, काठमाडौंमा झरी : यस्तो देखियो काममा निस्किनेको कष्टकर जीवन

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मौसम चिसिएको छ। असर देशभर हिमपात र वर्षा।

काठमाडौंमा पनि बिहीवार रातिदेखि सुरु भएको वर्षा अहिलेसम्म निरन्तर छ। काठमाडौं उपत्यका वरिपरिका डाँडा हिउँले सेताम्मे भएका छन्।त्यसैको असर हो स्याँठ पनि चलिरहेको छ यहाँ। उपत्यकाका तीनवटै जिल्लामा चिसो बढेको छ। झरी र चिसो बिच यहाँको दैनिकी कष्टकर बनेको छ। हिजो रातिदेखिको झरी अझै थामिएको छैन।

काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा दैनिक ज्याला मजदुरी गर्नेहरु झरीमा रुझ्दै काम गरिरहेका दृश्यले उनीहरुको कष्टकर दैनिकीको व्याख्या गर्छ। यस्तै, केही भने चिसोबाट न्यानो खोज्दै पाटीहरुमा बसिरहेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell