PahiloPost

Apr 5, 2026 | २२ चैत्र २०८२

‘गंगुबाई काठियावाडी’ को ट्रेलर रिलिज, आलियाको अभिनय कस्तो छ ?



पहिलोपोस्ट

‘गंगुबाई काठियावाडी’ को ट्रेलर रिलिज, आलियाको अभिनय कस्तो छ ?

आलिया भट्ट अभिनित बलिउड फिल्म ‘गंगुबाई काठियावाडी’ को ट्रेलर सार्वजनिक भएको छ। बहुप्रतिक्षित भनिएको उक्त फिल्मको माफिया डन गगुंबाईको जीवनमा केन्द्रित छ। आलियाले यस फिल्ममा गंगुबाईको भूमिका निभाएकी छिन्।

उनले इन्स्टाग्राममा फिल्मको ट्रेलर सेयर गर्दै 'गंगुबाई जिन्दावाद' लेखेकी छिन्।आलियाले यस फिल्ममा निकै मेहेनत गरेको भारतीय मिडियाले जनाएको छ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Alia Bhatt ☀️ (@aliaabhatt)

उनको बोल्ड लुक, हाउभाउ र अभिनयले गंगुबाईको पात्रलाई न्याय गरेको देखिन्छ। उनको गेटअप र अभिनयको दर्शकहरु निकै तारिफ गरिरहेका छन्। ट्रेलरमा उनीसँगै अभिनेता अजय देवगन पनि छन्।

संजय लीला भन्सालीको निर्माण र निर्देशन रहेको यो फिल्म २५ फेब्रुअरीबाट रिलिज हुदैछ।

फिल्मले गंगूबाईको गुजरातदेखि मुम्बईसम्मको यात्रा, असफल प्रेम कथा प्रस्तुत गरेको छ। यस्तै कोठीदेखि राजनीतिसम्म उनको यात्रा फिल्ममा देखाइनेछ। यो फिल्म हुसेन जैदीको उपन्यास ‘माफिया क्विन अफ मुम्बई’मा आधारित रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell