PahiloPost

Jun 24, 2026 | १० असार २०८३

च्यासल र पुलिसको खेल फेरि सर्‍यो



पहिलोपोस्ट

च्यासल र पुलिसको खेल फेरि सर्‍यो
फाइल फोटो

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत नवौँ चरणमा बाँकी रहेको च्यासल युथ क्लब र नेपाल पुलिस क्लबबीचको खेल फेरि स्‍थगित भएको छ। यी दुई टोलीबीच माघ दुई गते खेल हुने तालिका रहेको भएपनि च्यासलका १९ जना खेलाडीमा कोभिड संक्रमण पाइएपछि खेल स्थगित भएको थियो।

स्थगित भएको खेललाई २२ गते दशरथ रंगशालामा खेलाउने गरी अखिल नेपाल फुटबल एसोसिएसन (एन्फा)ले मिति नै तोकेको थियो। यद्यपि भोलि पनि खेल नहुने भएको छ।

एन्फाले मैदानको खराव अवस्थाको कारण देखाउँदै खेल बुधवार दिउँसो १ बजेबाट शुरु हुने जनाएको छ। लिग सकिएपछि दशरथ रंगशालामा नेपाल र मरिससबीच दुईवटा मैत्रीपूर्ण खेल भएका थिए। बिहीवार रातिबाट देशभर वर्षाद भइरहेको छ।

अंकतालिकामा ७ अंक जोडेको नेपाल पुलिस क्बल ११ औँ स्थानमा र ५ अंक जोडेको च्यासल १३ औँ स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell