PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

स्वास्थ्य मन्त्रालयले भन्यो : ओमोक्रन भेरियन्टको संक्रमण दर घट्दै गएको छ



पहिलोपोस्ट

स्वास्थ्य मन्त्रालयले भन्यो : ओमोक्रन भेरियन्टको संक्रमण दर घट्दै गएको छ

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको ओमोक्रन भेरियन्टको संक्रमण दर घट्दै गएको बताएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्रले नेपालमा ओमोक्रनको संक्रमण दर घट्दो अवस्था रहेको जानकारी दिएकी हुन्।

‘पहिल्लो तथ्यांकको अनुसार नेपालमा अहिले संक्रमण दर घटेको देखिन्छ। पहिला एउटा प्रदेशमा एक संक्रमितले ३ जनालाई संक्रमित गथ्र्यो। त्यो दरचाँही अब विस्तारै घटिराखेको छ। र, यो अवस्था सबै प्रदेशमा छ’ मिश्रले भनिन्।

उनले भारत र चीनमा संक्रमण दर घटेसँगै नेपालमा त्यसको प्रभाव देखिएको बताइन्। हाल  संक्रमण दर घटेको भएपनि स्वास्थ्य सतर्कता अपनाउनुपर्नेमा उनले जोड दिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell